पोखरा– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन्। बिहीबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। पाण्डेसहित २ मन्त्रीले पनि शपथ लिएका छन्।
नेकपा (माओवादी केन्द्र)बाट सुशीला सिम्खडा र नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी मन्त्री बनेका हुन्। दुवै मन्त्रीको जिम्मेवारी तोकिएको छैन।
पाण्डे बिहीबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई कांग्रेसहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत दलको समर्थन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।