एमाले अध्यक्ष केपी शर्मा ओली
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिमा रहने सदस्यहरुको नाम टुंग्याएको छ। शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय समितिमा सदस्यहरु मनोनयको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
एमालेले सत्ता गठबन्धनसँग सहमति गरेर ३ वटा समितिको नेतृत्व समेत पाउने भएको छ। प्रतिनिधि सभाका १० समितिमध्ये एमालेले ३ वटा समितिको नेतृत्व (सभापति) पाउने भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा रहने भएका छन्।
अर्थ समिति: विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्य थापा, भगवती चौधरी, अमर रायमाझी, नारायण प्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति: केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागी
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति: रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी
कानुन, न्याय तथा मानव अधिकार समिति: सुवास नेम्वाङ, महेश बर्तौला, मनबहादुर गुरुङ, किरण कुमार साह, नैनकला थापा, प्रतिक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति: ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानविर राई र सूर्यकुमारी श्रेष्ठ
महिला तथा सामाजिक मामिला समिति: टोपबहादुर रायमाझी, ईश्वरी बहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवी
राज्यव्यवस्था तथा सुशासन समिति: पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लिलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेल
पूर्वाधार विकास समिति: गोकर्ण विष्ट, ठाकुर गैरे, बसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला (देवकोटा), दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति: छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राई
सार्वजनिक लेखा समिति: योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।