काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अयोग्य लडाकूलाई रकम बाँड्ने सरकारी निर्णय गलत भएको बताएका छन्।
उनले राज्यकोषमा स्रोतको व्यापक दबाब परेको समयमा यति ठूलो रकम अयोग्य लडाकूलाई बाड्ने निर्णय गलत रहेको र यसलाई रोक्नुपर्ने बताएका हुन्।
बिहीबार ट्विटरमा लेख्दै नेता थापाले भनेका छन्, ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकूलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ।’
उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेका बेला सरकारसँग रकम बाँड्न नभई पीडित मैत्री कानुन निर्माण गर्नतर्फ केन्द्रित हुन माग गरेका छन्।
उनले भनेका छन्, ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकोले सरकार रकम बाँड्न होइन, पीडितमैत्री कानुन बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।