काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश शैक्षिक परामर्श शाखाले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको विरुद्धमा रहेको बताएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मलेन आायोजना गरी उपत्यका विशेष प्रदेश शैक्षिक परामर्श शाखाले विरोध जनाएको हो। साथै शाखाले आफ्नो दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ परिमार्जन गरेकोमा खुशी प्रकट गरेको छ।
परिमार्जित निर्देशिकामा समेत केही बुँदाहरु अस्पष्ट रहेकोप्रति भने असन्तुष्टि व्यक्त गरेको छ। शाखाका सचिव भवनाथ हुमागाईंले विदेशमा अध्ययन गर्न जाने प्रचलन सामान्य रहेको र आफ्नै लगानीमा गुणस्तरीय शिक्षा प्राप्त गर्न कुनै पनि नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गरे।
उनले निर्देशिकामा आएको यो परिबन्धनले आर्थिक रुपमा सम्पन्न विद्यार्थीहरुलाई पृष्ठपोषण गर्ने तथा गरिब निमुखा विद्यार्थीलाई अधिकारबाट वञ्चित गरेको गुनासो गरे। शिक्षा सेवाको २ प्रतिशत विद्यार्थीको हीतमा प्रयोग गरी कल्याणकारी कोष स्थापना गर्न उनले माग गरे।
सचिव हुमागाईंले ठूला व्यवसायीहरुलाई फाइदा र साना तथा मझौला व्यवसायीहरुलाई पलायन गराइ व्यवसायिक सिन्डिकेट गर्ने उद्देश्यले धरौटी लगायत विषयवस्तुहरु समेटी शिक्षा मन्त्रालयले भाषा शिक्षण तथा परामर्श सेवासम्बन्धी नियमावलीमा सीमान्तकृत व्यवसायीको हीतमा हुनेगरी काम गर्न लागेको धरौटीको व्यवस्थाको पूर्ण रुपमा विरोध गर्दै खारेजीको माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।