काठमाडौं- गण्डकी प्रदेश सरकारका लागि कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेश गरेका छन्। दाबी पेश गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार अपराह्न ४ बजेको समयसीमा दिएका थिए।
पाण्डेले कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित सांसद दीपक मनाङ्गेसहित ३५ सांसदको हस्ताक्षर बुझाएका छन्।
प्रदेश सभामा कांग्रेसका २७, माओवादी केन्द्रका ८ (एक सभामुख सहित) सांसद छन्।
यसअघि खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि नयाँ सरकारको नेतृत्व कसले गर्ने भनेर कांग्रेस र माओवादी केन्द्रबीच विवाद देखिएको थियो। तर, शीर्ष तहमै पहिलो चरणमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति जुटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।