काठमाडौं– बिहीबार बस्ने तय भएको राष्ट्रिय सभाको बैठक अन्तिम समयमा स्थगित भएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको जनाएको छ।
सचिवालयले अर्को बैठक शुक्रबार बस्ने जनाएको छ। शुक्रवार ४ बजे बस्ने गरी राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले बैठक निर्धारण गरेको सूचनामा उल्लेख छ।
बिहीबार बस्ने भनिएको बैठकमा संसदीय समितिहरुमा नाम पठाउने सम्भावित कार्यसूची रहेको थियो। संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभासँगै प्रतिनिधि सभा पनि शुक्रवार बस्दै छ। दलहरुका बीचमा संसदीय समितिमा नाम अन्तिम नभएकाले बैठक सारिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।