काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अयोग्य पूर्वलडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य नहुने बताएका छन्। उनले यस्ता कमको विरोध गर्न आह्वान गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, 'कर्मचारीहरुको तलa र पूर्वशिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले अयोग्य पूर्वलडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन। माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं।'
विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब-किताब बुझाउन नसकेको भन्दै उक्त रकमको सही सदुपयोग हुनेमा समेत आशंका गरेका छन्। 'द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी उनीहरुलाई पैसा होइन, रोजगारी दिउँ,' उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।