काठमाडौं– नेपाली कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्यासीसहित ३१ जना नेताहरुले पार्टी परित्याग गरेका छन्।
बुधबार जिल्ला सभापतिका प्रतिस्पर्धी मिलन सुवेदीसहित ३१ जना नेताहरुले पार्टी परित्याग गरेका हुन्। पार्टीको १४ औं महाधिवेशनमा उनी जिल्ला सभापतिका लागि प्रतिस्पर्धी थिए। सुवेदी संस्थापनइतरबाट उम्मेदवार बनेर युवराज जोशीसँग पराजित भएका थिए
पार्टी परित्याग गर्नेहरुमा जिल्ला सदस्य किसान थापा, फलेवास नगरपालिकाका सचिव चित्रप्रसाद शर्मा, तरुण दलका जिल्ला सचिव सागर भुसाल, प्रदेश सभा क बाट प्रदेश सभा सदस्यका उम्मेदवार कमलराज पौडेल नेविसंघका निवर्तमान अध्यक्ष सन्तोष पाठकलगायत रहेका छन्।
उनीहरु सबैले पार्टी परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।