काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौंका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ।
बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनका कुनै पनि कार्यक्रम गर्न प्रतिबन्ध लगाएको हो।
यदि यस्तो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिइएको छ। शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल तथा उनीहरुका भातृ संगठनले कार्यक्रम गरेको स-प्रमाणसहित उजुरी प्राप्त भएको भन्दै महानगरले यसमा गम्भीर ध्यानाकर्षण भएको विज्ञिप्तिमा उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।