• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

टुकुचा उत्खननमा उच्च अदालतको टिप्पणी: व्यक्तिको जग्गा सरकारले चाहँदैमा लिन पाउँदैन, विधि र प्रक्रिया पूरा गर्नुपर्छ

64x64
नेपाल लाइभ बुधबार, वैशाख १३, २०८०  २०:३९
1140x725

काठमाडौं– उच्च अदालत पाटनले टुकुचा खोला उत्खननका विषयमा माघ १८ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक भएको पूर्णपाठमा पुरातात्विक महत्वदेखि सार्वजनिक भनि महानगरले भत्काउन पाउने वा नपाउने विषयमा विस्तृत व्याख्या गरेको छ। 

उच्चले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विपक्षमा फैसला सुनाएको हो। २२ थान निषेधाज्ञा माग गरिएको रिट जारी हुने फैसला सुनाउँदै उच्चले व्यक्तिको जग्गा क्षतिपूर्ति नदिनेगरी भत्काउन नमिल्ने पूर्णपाठमा उल्लेख छ।

‘पुरातत्व विभागबाट प्राप्त प्रतिवेदनमा विभिन्न विधाका विशेषज्ञसहितको टोली गठन गरी सो टोलीले दिएको राय सुझावका आधारमा अगाडि बढ्न उपयुक्त देखिन्छ भन्ने सुझाव दिएको अवस्था छ। यी सुझाव तथा प्रस्तुत विवादमा सन्निहित प्रश्नहरुको प्रकृतिका परिदृश्यलाई दृष्टिगोचर गर्दा विपक्षी महानगरपालिकाले नेपाल सरकार र नेपाल सरकारकासम्बद्ध निकायहरुसमेतको सहकार्यमा कार्य गर्दा सहज र उपयुक्तसमेत हुने देखिन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ,  ‘त्यसैले टुकुचा खोला खुला रुपमा प्राकृतिक स्वरुपमा ल्याउन आवश्यक छ वा छैन, ल्याउन आवश्यक भएमा एक शताब्दीभन्दा अगावै निर्माण भएको पुरातात्विक महत्वको संरचनालाई के कसरी संरक्षण गर्न सकिन्छ विचार गर्नुपर्ने हुन्छ।’

खोलामा भूमिगत संरचना निर्माण गरिएपछि खोलामाथिको जमिन व्यक्तिका नाउँमा कसरी दर्ता भएका हुन्, टुकुचा खोलालाई प्राकृतिक स्वरुपमा खुला रुपमा ल्याउने भएमा स्वामित्ववालाहरुको साम्पत्तिक हक कसरी संरक्षण गर्न सकिन्छ भनि उच्चले प्रश्न उठाएको छ।

यस्तो कार्यमा हुने लगानी र प्रतिफलको अवस्था के हुन्छ भन्ने लगायतका माथि उल्लिखित र आवश्यक अन्य समग्र विषयमा महानगरपालिका, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमिसुधार मन्त्रालय पुरातत्व विभाग र वातावरणविद् लगायतका विज्ञको सहभागिता र संलग्नतामा अध्ययन गरी सो अध्यनको निष्कर्ष र सुझावका आधारमा उपयुक्त  योजना तर्जुमा गर्नु आवश्यक हुने पूर्णपाठमा उल्लेख छ। 

यस्तै उच्चले व्यक्तिको जग्गा राज्यले चाहँदैमा लिन नपाउने भन्दै त्यसका लागि आवश्यक विधि र प्रक्रिया पूरा गर्न महानगरलाई भनेको छ। उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको इजलासले महानगरले सुरु गरेको टुकुचा खोला उत्खनन कानुनविपरीत भएको ठहर गरेको थियो।

महानगरले खोला उत्खनन थालेपछि जग्गाधनीहरु उच्च अदालत पुगेका थिए। उच्चले उक्त निवेदनमा अन्तरिम आदेश जारी गरेको थियो। उक्त निवेदनमा अन्तिम फैसला सुनाउँदै मेयर शाहको कार्य गैरकानुनी भएको भन्दै जग्गाधनीको पक्षमा फैसला सुनाएको हो। 

काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला मिचेर संरचना बनाएको भन्दै उत्खनन्  सुरु गरेको थियो। महानगरले जय नेपाल फिल्म हललगायत विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको जग्गा खनेर टुकुचा खोलालाई सतहमा फर्काउने भन्दै आएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

महानगरको उक्त कदमपछि टुकुचा खोलामाथि घर तथा जग्गा भएका जग्गाधनी र संघसंस्था गरी २२ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए। उनीहरुले राणाकालमै उक्त खोला भूमिगत गरिएको र आफूहरुले मालपोत कार्यालयमा वैधानिक रुपमा लिखत पास गरी खरिद गरेकाले महानगरको कार्य गैरकानुनी भएको जिकिर गरेका थिए। उनीहरुले महानगरका मेयर शाहको कदमले आफ्नो सम्पत्तिको हक हनन् भएको दाबी गरेका थिए।

संविधानले सम्पत्तिको हक हुने भनि राखेको तर महानगरले एक्कासी डोजर लगाउँदा आफूहरु अन्यायमा परेको उनीहरुको गुनासो थियो। संवैधानिक र अन्य कानुनको व्यवस्था तथा सर्वोच्च अदालतबाट भएका व्याख्याका आलोकमा व्यक्तिका सम्पत्तिमा राज्यले जथाभावी हस्तक्षेप वा अतिक्रमण गर्न नसक्ने पूर्णपाठमा भनिएको छ।

‘राज्यलाई सार्वजनिक हितका लागि आवश्यक पर्ने अवस्थामा पनि कानूनको प्रक्रिया पूरा गरी विधिसम्मत रूपमा मात्र व्यक्तिको सम्पत्ति प्राप्त गर्न सकिने हुन्छ। प्रस्तुत निवेदनमा उल्लिखित घरजग्गाको जग्गा धनी दर्ता प्रमाणपूर्जा प्राप्त गरेका र विपक्षी नगरपालिकाबाट नै नक्सा पास भई घर निर्माणसमेत भएको अवस्था  देखिन्छ’ पूर्णपाठमा भनिएको छ, ‘महानगरले उत्खनन गरेको जग्गा निवेदकको हक भोगको घरजग्गा देखिएको छ। सो जग्गाको दर्ता र निवेदकको हक कानुन बमोजिम बदर भएको अवस्था पनि छैन। यस अवस्थामा निवेदकको सहमति नभई वा सो जग्गा कानून बमोजिम प्राप्त नगरी सार्वजनिक प्रयोजनकै लागि भए पनि विपक्षीलाई सो घरजग्गा भत्काउने वा अन्य कुनै किसिमले त्यसमा असर पर्ने कार्य गर्न मिल्ने हुँदैन।’

उच्चले  निवेदकको सहमति बेगर वा कानुन बमोजिमबाहेक निवेदनमा उल्लेखित निवेदकको घरजग्गामा असर पर्ने कार्य नगर्नु/नगराउनु भनि निषेधाज्ञाको आदेश जारी हुने फैसलामा उल्लेख गरेको छ।

Xtrem

Xtrem

जग्गाधनी दर्ता प्रमाण पूर्जाबाट निवेदनमा उल्लेखित जग्गा निवेदकको हकको भन्ने देखिएको र सो श्रेस्ता बदर नभई यथावत कायम रहेको अवस्थामा निवेदकको सहमति वा क्षतिपूर्ति नदिई सो जग्गा र जग्गामा रहेको संरचनामा असर पर्ने गरी कुनै कार्य नगर्नू/नगराउनू भन्दै उच्चले आदेश गरेको छ।

उच्च अदालतको फैसलाले तत्काल काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्न नपाउने भएको छ। उच्चको फैसला चित्त नबुझे महानगर सर्वोच्च जान पाउने छ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
सम्बन्धित सामग्री
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्... बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १० गतेका लागि तोकिएको क्षेत्रीय अधिवेशन मौसमको अवस्था हेरेर सञ... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्