काठमाडौं- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनको अङ्कगणितीय मात्र हैन, मनोवैज्ञानिक सन्देश पनि रहेको बताएका छन्। सामाजिक सञ्जालमा संक्षिप्त समीक्षा गर्दै उनले यस्तो बताएका हुन्।
उनी भन्छन्, 'अङ्कगणित सत्ता समीकरणमा तात्विक फरक पार्ने खालको छैन। मनोवैज्ञानिक सन्देश भने महत्वपूर्ण छ।'
ठूला पार्टी लक्षित 'सच्चिने' शब्दको भाव 'अहिलेको'मा सुधार गर' भन्ने रहेको उनले उल्लेख गरेका छन्। मनोवैज्ञानिक सन्देश भने ‘कार्यशैली सुधार गर’ भन्ने मात्र नभएको उनको बुझाइ छ।
'नयाँ ‘मार्केटिङ-स्टन्ट’ पछ्याऊ भन्ने पनि हैन। ‘अजेण्डा सेट गर, त्यसको ब्राण्डिङ गर र डेलिभरीको तरिका फेर' भन्ने हो,' उनी भन्छन्, 'मेरो बुझाइ सही हो भने यो मनोविज्ञानलाई आत्मसात गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।