काठमाडौं– प्रतिनिधि सभाको आज (बुधबार) दिनको ३ बजे बस्दै छ। बैठकले संसदीय समितिमा रहने सदस्यहरुको टुङ्गो लगाउने भएको छ।
त्यस्तै, संक्रणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउनका लागि संसदीय विशेष समिति गठन गर्ने प्रस्ताव पनि पेस हुने भएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार टिआरसी विधेयकमाथि छलफलका लागि विशेष समिति गठनको प्रस्ताव सत्ता पक्ष नेपाली काग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पेस गर्नेछिन्।
उनको प्रस्तावलाई नेकपा एमालेका सांसद रघुजी पन्तले सर्मथन गर्नेछन्। योसँगै १५ सदस्यीय विशेष समिति गठन हुने छ। यसअघि प्रमुख ३ दलका शीर्ष नेताहरुकाबीचमा भएको छलफल अनुसार समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने छ।
त्यस्तै आजको प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयकमा दफावार छलफल सुरु हुनेछ। विधेयकमाथि दफावार छलफलको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
छलफल संशोधनहरु पेस हुने छ। संशोधनमाथि निर्णय भएपछि यसलाई पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।