काठमाडौं– लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले मंगलबार सूचना जारी गर्दै सरकार गठनका लागि दलहरुलाई आह्वान गरेको हो।
लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले दोस्रो पटक सोमबार (बैशाख ११ गते) विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक बहुमत पाउन सकेनन्।
मतदानमा प्रस्तावको पक्षमा अर्थात् गिरीको पक्षमा ३३ मत परेको थियो। विपक्षमा भने ५३ मत परेको थियो। त्यसपछि उनी पदमुक्त भएका थिए।
उनी पदमुक्त भएकाले नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो। आफ्ना मुख्यमन्त्रीले विश्वासको मत नपाए पनि प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले पुन लीला गिरीलाई नै मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने एमालेले दाबी गरेको थियो।
तत्काल मुख्यमन्त्री गिरीले प्रतिपक्षमा रहेका दलहरुलाई विश्वासमा ल्याउन सक्ने अवस्था नदेखिएको प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ।
प्रदेश सभाले दुई वा दुईभन्दा बढी दलहरुलाई बहुमतसहित बिहीबार दिउँसो ४ बजेसम्म दाबी पेश गर्न अनुरोध गरेको छ।
1682434932.png)
1682434932.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।