काठमाडौं– बारा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले निरन्तर मतान्तर घटाउँदै लिएका छन्।
२० हजार ४६३ मतसहित जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव अग्रता लिइरहँदा कुशवाहले भने १७ हजार ७१८ मत प्राप्त गरेका छन्।
यी दुई उम्मेदवारबीचको मतान्तर २ हजार ७४५ रहेको छ। यस्तै तेस्रो नम्बरमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ७ हजार १२१ मत प्राप्त गरेका छन्।
दिउँसोसम्म यादवले पाँच हजार मतान्तरले अग्रता लिइरहेका थिए। तर अहिले निरन्तर मतान्तर घट्दो क्रममा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।