• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘जनताका तत्कालीन समस्याहरुलाई मुद्दा बनाएका तर परीक्षणमा नगएकाले रास्वपामा विश्वास’

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १२, २०८०  २१:२७
1140x725

काठमाडौं– तीन रिक्त सांसदका लागि आइतबार भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा २ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ। तनहुँ १ र चितवन २ बाट क्रमश डा. स्वर्णिम वाग्ले र उक्त दलका सभापतिसमेत रहेका रवि लामिछाने फराकिलो मतान्तर सहित विजयी भएका छन्।

सभापति लामिछाने भने मंसिर ४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। तर नागरिकता प्रकरणमा सर्वोच्चको एक फैसलाबाट उनको सांसद पद खारेजीमा परेसँगै उनी पुन: निर्वाचित हुन चितवन पुग्नु परेको हो।

मंसिरदेखि वैशाखका बीचमा रास्वपाले सदनमा र सरकारमा आफ्नो उपस्थिति जबरजस्त देखायो। सदनमा उक्त दलका सांसदले खेलेको भूमिका प्रशंसनीय रहेको संसदीय मामिलाका जानकारहरु बताउँछन्। त्यस्तै, छोटो समय सरकारमा रहँदा पनि जनतामा राम्रै सन्देश प्रवाह गर्न सकेको यो उपनिर्वाचनमा यसका उम्मेदवारले प्राप्त गरेको मतको आंकडाले देखाउँछ। 

तर आगामी दिनमा रास्वपाले जनताबाट प्राप्त यो अभूतपूर्व विश्वासलाई कसरी सम्बोधन गर्छ भन्ने चासो भने बढेको छ। यता, परम्परागत दलहरु कांग्रेस, एमाले, माओवादी लगायतका दलहरु रास्वपाको उदयलाई शक्तिका रुपमा स्विकार्न अद्यापि तयार छैनन्। ती दलहरुका पछिल्ला चुनावी सभाहरुका भाषणलाई एक ठाउँमा राखेर अद्यावधिक गर्ने हो भने उनीहरु रास्वपाले प्राप्त गरेको मतलाई ‘पानीको फोका’ को संज्ञा दिने गरेका छन्।

तर, मंगलबार मात्र सार्वजनिक भएको चुनावी परिणामलाई हेर्ने हो भने पनि मौजुदा दलहरुले रास्वपामाथि बनाएको भाष्यलाई मतदाताले खारेज गरेको रास्वपा नेतृत्वको ठम्याइ छ। उक्त पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार परम्परागत दलले रास्वपाप्रति बनाएको भाष्यलाई आफूहरुले चिर्दै जाने बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीले यही संविधान भित्रबाट लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनुपर्छ भन्यौं। हामीले व्यवस्था जे छ त्यसैमा रहेर अवस्था परिवर्तन गर्नुपर्छ भनेका थियौं। हामीले चितवन, तनहुँ र बाराका जनताको घरघरमा पुगेर उक्त विषयहरु सञ्चार गर्‍यौं। जसलाई लिएर हामीलाई विश्वास गरिदिनु भएको छ,’ परियार भन्छन्, ‘यो विश्वासले हामीलाई अझै जिम्मेवार बनाएको छ। यसले नेपालको लोकतान्त्रिक प्रणालीलाई अझै बलियो बनाउँछ। अन्तत: राजनीति भनेको परिवर्तनशील छ र यसले जनताको जीवनलाई छुनुपर्छ भन्ने मान्यतालाई अहिलेको निर्वाचनले स्थापित गरेको छ।’

परियार जनताबाट प्राप्त यो विश्वासलाई कायम राख्नमा आफूहरुको ध्यान केन्द्रित हुने बताउँछन्। ‘जनताको यो विश्वासलाई हाम्रा क्रियाकलाप, हाम्रा राजनीतिक कार्यक्रम, हाम्रा नीति र हामीले समाजको मुद्दालाई कसरी सम्बोधन गर्छौं भन्ने कुराले नै देखाउनु हो। अहिले एक किसिमको विश्वास छ। अहिले अमूर्त छ र त्यसलाई मूर्त बनाउनलाई आगामी हाम्रा कदम, हाम्रो पार्टीले लिने नीति, हामीले गर्ने राजनीतिक कार्यक्रम, हामीले ल्याउने विकासको कार्यक्रमहरुले नै त्यो विश्वासलाई कायम राख्ने हो,’ सांसद परियार आफूहरुले मुलुकको अरु २ दशक नेतृत्व गर्ने कार्यक्रम ल्याउने दाबी गर्दै भन्छन्, ‘जसरी रास्वपाप्रतिको अकर्षण छ त्यो आकषर्णलाई बढाउन सक्ने कार्यक्रमहरु ल्याउँछौं। मूलत: हाम्रो ध्येय देश बनाउने नै हो। नेपालको जुन जैविक सम्भावनाहरु छ, विकासको सम्भावना छ, जुन आर्थिक सम्भावना छ, जुन नेपाललाई न्यायसंगत बनाउने सम्भावना छ यसलाई अब हाम्रा कार्यक्रमहरुबाट सम्बोधन गर्नुपर्छ र त्यो गर्न सक्यौं भने यो विश्वासलाई कमसेकम अबको २०–२५ वर्ष कायम राख्न सक्छौं।’

यता, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भने परीक्षणको क्रममा रहेको दललाई जनताले विश्वास गरेको बताउँछन्। यो पार्टीले जनताको विश्वासलाई कसरी कायम राख्ला भन्ने सवालमा अहिले त्यसमा टिप्पणी गर्न हतार हुने वाग्ले बताउँछन्। तर उनी आफ्नो वर्चश्व रहेको दावी गर्ने परम्परागत दलहरुहरुको भविष्य भने संकटमा रहेको बताउँछन्।

Xtrem
Xtrem

‘रास्वपा नयाँ बनेको पार्टी हो। यसको नेतृत्वको र पार्टीको परीक्षण सुरु भएकै छैन। जनताका तत्कालीन समस्याहरुलाई मुद्दा बनाएका छन् तर परीक्षणमा नगएकाले जनताले शंकाको सुविधा दिएका हुन्। यसैलाई आधार मानेर जनताले नयाँ पार्टी, नयाँ उम्मेदवार र युवा पनि रहेकाले रास्वपाले मत पाएको देखिन्छ। र, यो मूलधारका पार्टी र त्यसबाट पटक–पटक अवसर पाएकाहरुप्रति जनताको विकर्षण पनि हो,’ वाग्ले भन्छन्। 

वाग्ले आफूहरुलाई बलियो रहेको दाबी गर्ने पुराना दलहरु सच्चिने वा सकिने स्थितिमा पुगेको आकलन गर्छन्। ‘कांग्रेस, एमाले र माओवादी र यी दलको शीर्ष नेतृत्व पंक्ति अग्निपरीक्षा दिने स्थितिमा पुगेको छ। यदि उक्त दलहरु जनताको भावना, कार्यकर्ताको चाहनाअनुसार आफूलाई रुपान्तरण गरेनन् भने अर्को निर्वाचनसम्म यी पार्टीहरुको भविष्यमाथि गम्भीर प्रश्न चिह्न खडा हुन्छ,’ वाग्ले भन्छन्, ‘त्यसकारण सच्चिने वा सकिनेभन्दा अर्को विकल्प यिनिहरुसँग छैन।’

यता, रास्वपा सभापति लामिछाने अबको मुद्दा भ्रष्टाचारविरुद्धको हुने बताउँछन्। आफूहरुप्रति रहेको विश्वास कायम राख्न रास्वपाले कमी हुन नदिने उनको दाबी छ। तर यो पार्टीले स्थापनाकालदेखि प्रष्टरुपमा आफ्नो लक्ष्य, नीति र कार्यक्रमहरु भने सार्वजनिक नगरेको उसका आलोचकहरु बताउँछन्। यद्यपि यो विश्वासलाई कसरी कायम राख्ने भन्ने ठोस कार्यक्रम भने सार्वजनिक गर्न सकेको छैन। तर सभापति लामिछाने भने जनताको चाहना आफूलाई थाहा भएको र त्यसका लागि लड्ने बताउँछन्। विजयपछि चितवनको सभालाई सम्बोधन गर्दै लामिछानेले जनताले आफूहरुलाई जिम्मेवारी दिएको र त्यसलाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए।

‘यो जिम्मेवारी सानो जिम्मेवारी हैन। सबैभन्दा बढी हामीबाट अपेक्षा गरिएको कुरा हामीलाई थाहा छ। हामीसँग तपाईंहरुले अपेक्षा गर्नु भएको कुरा सुशासन हो। तपाईंहरुले चाहनु भएको छ यो देशलाई कंगाल बनाउनेहरुलाई नछाड्ने भन्ने। हामी छोड्दैनौं,’ लामिछानेले भने, ‘हामीलाई थाहा छ, हामीलाई किन मत दिनुभएको छ। तपाईंहरुले दिनु भएको मतको इमानपूर्वक सम्मान गर्नेछौं। यो विश्वास दिलाउँछु।’

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक
सम्बन्धित सामग्री
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १० गतेका लागि तोकिएको क्षेत्रीय अधिवेशन मौसमको अवस्था हेरेर सञ... बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बालेनको नेतृत्वमा सरकार बनेपछि २०८३ वैशाख १९ गते विभिन्न संस्थान, बोर्ड तथा समितिका राजनीतिक तथा प्रशासनिक पदाधिकारी हटाउनेसम्बन्धी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्