काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परिस्थिति फेरिएको बताउँदै सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताएका छन्।
सरकारमा सहभागी हुन न्यूनतम साझा कार्यक्रममा आफ्ना अजेन्डा राखेको बताउँदै लामिछानेले अहिले झिकिएको दाबी गरे। उनले भने, ‘सरकारलाई समर्थन निरन्तरताको कुरा गर्दा परिस्थिति फेरियो। न्यूनतम साझा कार्यक्रममा हाम्रा केही अजेन्डा थिए। ती अहिले हटाइएका छन्। जुनसुकै समयको पनि भ्रष्टाचार छानविन गर्ने बुँदा हट्यो।’
आफू सरकारमा रहनुको औचित्य नभएपछि समर्थन गर्नुको अर्थ नभएको उनको भनाइ छ। निर्णय भने काठमाडौं पुगेपछि मात्रै गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।