काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचन भएको चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ। जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले भारी मतान्तरसहितको अग्रता कायम राखेका छन्।
लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याएका छन्। कांग्रेसका श्रेष्ठ लामिछानेभन्दा ३५ हजार १४९ मतले पछाडि छन्।
यस्तै, नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपाने ७ हजार ७८७ मत ल्याएर तेस्रो स्थानमा छन्।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने नै विजयी भएका थिए। नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर हुँला लामिछानेको सांसद पद समेत गुमेपछि चितवन २ मा उपनिर्वाचन भएको हो।
सर्वोच्चको फैसलापछि पुन: नेपाली नागरिकता लिएका लामिछाने चितवन २ मा पुन: उम्मेदावर बनेका हुन्। .
गत मंसिरको निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर विजयी भएका थिए। उनका तत्कालीन प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र नेकपा एमालेका कृष्ण भक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।