काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचन भएको बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै गएका छन्।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार जसपाका अध्यक्ष समेत रहेका यादवले ९ हजार ८७० मत ल्याएका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ६ हजार ७७१ मत ल्याएका छन्। जनमतका कुशवाहाभन्दा जसपाका यादव ३ हजार ९९ मतले अगाडि छन्।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७०० मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १७४ मत ल्याएका आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ५८७ मत ल्याएका छन्।
गत मंसिर ४ गते भएको निर्वाचनमा बारा २ बाट जसपाका राम सहाय प्रसाद यादव निर्वाचित भएका थिए। उनी उपराष्ट्रपति निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचत भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।