काठमाडौं– आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा मंगलबार बिहान १ बजेसम्मको मतपरिणाम सार्वजनिक भएको छ।
पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारी मतान्तरसहित अग्रता कायम राखेका छन्। उनले २० हजार ७२२ मत प्राप्त गरेका छन्।
यता दोस्रो स्थानमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका जितनारायण श्रेष्ठले ४ हजार ६ सय ९३ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका श्रेष्ठभन्दा लामिछाने १६ हजार २९ मतान्तरले अगाडि छन्। यता तेस्रो नम्बरमा रहेका एमालेका रामप्रसाद न्यौपानेले भने ४ हजार ३८२ मत प्राप्त गरेका छन्। न्यौपानेभन्दा श्रेष्ठ ३११ मतले अगाडि रहेका छन्।
चितवन-२ अपडेट ( राति १:०० बजे)
रबि लामिछाने (घन्टी): २०, ७२२
जितनारायण श्रेष्ठ (रुख): ४,६९३
राम प्रसाद न्यौपाने (सुर्य): ४,३८२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।