काठमाडौं– प्रतिनिधि सभा अन्तर्गत आइतबार भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेको जित पक्का भएको छ।
कूल ६३ हजार ७५७ मत खसेकोमा अहिलेसम्म ५१ हजार २१९ मत गणना भइसकेको छ। ताजा अवस्थामा वाग्लेले २६ हजार ८२७ मत प्राप्त गरेका छन्।
यता सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले १५ हजार ४५४ मत प्राप्त गरेका छन्। भट्टराईभन्दा वाग्ले ११ हजार बढी मतान्तरले अघि छन्।
तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले भने ७ हजार २८९ मत प्राप्त गरेका छन्। अब यहाँ १२ हजार ५३८ मत मात्र गन्न बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।