काठमाडौं– चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेले दोब्बर अग्रता बढाएका छन्।
अहिलेसम्म भएको मतगणनामा लामिछानेले ६ हजार ५६८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेले भने २ हजार ८ सय ६१ मत प्राप्त गरेका छन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका कांग्रेसका जितनारायण श्रेष्ठ तेस्रोमा रहँदै २ हजार ६ सय ८८ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।