काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचन भएको बारा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठकबाट ११ बेजदेखि मतगणना सुरु गर्ने भनिए पनि केही ढिला गरी मतगणना सुरु भएको हो।
मतगणना सुरु गर्दा विवाद भएको थियो। सिके राउत नेतृत्वको जनमत पार्टीले मतपेटिका सिल तोडिएको भन्दै विरोध गरेपछि सुरु नहुँदै मत गणना केही समय रोकिएको थियो।
उक्त क्षेत्रमा जनता समाजवादीका पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाह र नेकपा एमालेवाट पुरुषोत्तम पौडेल उम्मेदाबार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।