काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ११ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।
अहिलेसम्म आँबुखैरेनी गाउँपालिका १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिएको छ। यस्तै, भानु नगरपालिका ३, ४, ६, ७, ८ र १० नम्बर वडाको मतगणना सकिएको छ।
मतगणना सकिएका वडामध्ये अधिकांशमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई दोब्बर बढी मत प्राप्त भएको छ। हालसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुवैको मत जोड्दा समेत वाग्लेले प्राप्त गरेको मत बढी छ।
मतगणना सकिएका वडाहरुको मतपरिणाम:
आँबुखैरेनी–१ (१४५८)
स्वर्णिम वाग्ले/रास्वपा: १०६५
गोविन्द भट्टराई/कांग्रेस: २७६
सर्वेन्द्र खनाल/एमाले: ५४
आँबुखैरेनी– २ (१३९२)
स्वर्णिम वाग्ले/रास्वपा: ८८१
गोविन्द भट्टराई/कांग्रेस: ३३६
सर्वेन्द्र खनाल/एमाले: १०८
आँबुखैरेनी– ३ (२१७३)
स्वर्णिम वाग्ले/रास्वपा: १५१५
गोविन्द भट्टराई/कांग्रेस: ४०१
सर्वेन्द्र खनाल/एमाले: १९१
आँबुखैरेनी– ४ (६९४)
स्वर्णिम वाग्ले/रास्वपा: ३३२,
गोविन्द भट्टराई/कांग्रेस: २३७
सर्वेन्द्र खनाल/एमाले: ८५
आँबुखैरेनी– ५ (५७०)
स्वर्णिम वाग्ले/रास्वपा: ३७१
गोविन्द भट्टराई/कांग्रेस: १४९
सर्वेन्द्र खनाल/एमाले: २८ ।
भानु– ३ (१५७४)
स्वर्णिम वाग्ले/रास्वपा:७१६
गोविन्द भट्टराई/कांग्रेस:४१८
सर्वेन्द्र खनाल/एमाले: ३५१
भानु–४ (१६७५)
स्वर्णिम वाग्ले/रास्वपा: ७५९
गोविन्द भट्टराई/कांग्रेस: ४८२
सर्वेन्द्र खनाल/एमाले: ३९४
भानु– ७ (१२८१)
स्वर्णिम वाग्ले/रास्वपा:६५५
गोविन्द भट्टराई/कांग्रेस:३१२
सर्वेन्द्र खनाल/एमाले:२७०
भानु– ८ (१७९४)
स्वर्णिम वाग्ले/रास्वपा: ८५६
गोविन्द भट्टराई/कांग्रेस: ४५८
सर्वेन्द्र खनाल/एमाले: ४३७
भानु– १० (१७५८)
स्वर्णिम वाग्ले/रास्वपा: ८४६
गोविन्द भट्टराई/कांग्रेस: ५५१
सर्वेन्द्र खनाल/एमाले: ३२९
भानु– ११ (२०१४)
स्वर्णिम वाग्ले/रास्वपा: १२०२
गोविन्द भट्टराई/कांग्रेस: ५९३
सर्वेन्द्र खनाल/एमाले: १८३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।