काठमाडौं– नेपाली कांग्रेसका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन्।
चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले मतदानस्थलहरु निरीक्षणका क्रममा मतदातालाई प्रभावित गर्ने उद्देश्यले कार्यकर्तामार्फत् हुलहुज्जत गराएको भन्दै कांग्रेस प्रतिनिधिले निर्वाचन आयोगमा उजुरी दिएका हुन्। उक्त घटनामा प्रशासनले पनि एकपक्षीय ढंगबाट मतदाता र प्रतिनिधिमाथि लाठी चार्ज गरेको कांग्रेसको आरोप छ।
नेपाली कांग्रेसले चितवनका प्रमुख जिल्ला अधिकारीमाथि पनि कारबाहीको माग गरेको छ। गठबन्धनबाट कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले आयोगसमक्ष उजुरी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।