काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत ३ वटा निर्वाचन क्षेत्रमा विहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजेसम्म खसेको मत प्रतिशत प्राप्त भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालका अनुसार दिउँसो २ बजेसम्म सबैभन्दा धेरै मत चितवनमा खसेको छ। चितवनमा २ बजेसम्म ४६ प्रतिशत मत खसेको छ।
चितवनको एउटा मतदान केन्द्रमा भने विवादका कारण मतदान स्थगित भएको छ। चितवनको नयाँकिरण माविको मतदान केन्द्रमा विवादमा कारण स्थगित भएको र सर्वदलीय वैठक बसेर पून मतदान जारी राख्ने कार्य भइरहेको अर्यालले बताए।
यस्तै, बारा क्षेत्र नम्बर २ मा दिउँसो २ बजेसम्म ३८ प्रतिशत मत खसेको प्रवक्ता अर्यालले जानकारी दिए। अर्यालका अनुसार तनहुँ १ मा ४५ प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगले उप निर्वाचनमा ६० प्रतिशत मतदान हुने आँकलन गरेको छ। ६ घण्टाको अवधिमा समग्रमा ३५ प्रतिशतभन्दा माथि मतदान भएको र ४ घन्टामा पनि मतदाताको उत्साह उस्तै रहने देखिएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।