काठमाडौं– मध्य म्यान्मामा आएको आँधीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन्। म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको आँधीमा परी एक सय नौ जना घाइते भएका बताएको छ।
हुरीका कारण छ जनाको घटनास्थलमा नै ज्यान गएको तथा घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ। आँधीमा परी दुई जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका हुन्।
शनिबार बिहानसम्म थप मृत्युको खबर आएको छैन। आँधीले दुई सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।