काठमाडौं- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो।
अधिवक्ता पदमबहादुर श्रेष्ठले राष्ट्रपति कार्यालय र सिंहदबारको फोहोर नउठाउने भनी महानगरपालिका मेयर बालेन शाहको निर्णयलाई चुनौती दिँदै रिट दायर गरेका थिए।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केही दिनअघि सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।