• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति पौडेलको त्यो छोटो कालापानी भ्रमण

राजेन्द्र कुँवर   बिहीबार, वैशाख ७, २०८०  १३:२६
1140x725

कुरा हो, २०४० ताकाको। देशमा पञ्चायतीराजको दबदबा थियो। तरपनि राल्फा समूह परिवर्तनको गीत गाउँदै गाउँगाउँ छिर्थे। राल्फालीहरुले गाउने एउटा गीतको बोल छ, ‘मेरो देश खोज्दै जाँदा, देश मैले भेटे। जनता नै देश रैछ, देश मैले चिने।’

यो गीतको शब्द यतिबेला कालापानी, लिपुलेक र लिम्पियाधुरा मुनिका जनतासँग ठ्याक्कै मेल खान्छ। त्यो जमिन हाम्रो हो भनिदिने तीनवटै गाउँ गुन्जी,नाभी र कुटीका स्थानीयलाई भारतले आफूमा गाभिसक्यो। अर्थात् आफ्नो नागरिक बनाइसक्यो। यसै कारण भारतले त्यो भूमी आफ्नो भएको दलिल पेस गर्दै आइरहेको हो। राज्यले जतिबेला आफ्ना नागरिकलाई शान्ति, सुरक्षा र बाँच्न पाउने आत्मनिर्णयको अधिकारबाट बञ्चित गर्छ, जनता स्वतस्फूर्त रास्ट्रियताको लागि सीमानाको रक्षक बन्न सक्दैनन्। कालापानी, लिपुलेक र लिम्पियाधुराका जल, जमिन र जंगल मासिएको ६० वर्ष बितिसकेको छ। त्यतिले मात्र नपुगेर हाम्रो जनता पनि उनीहरुको भइसकेका छन्। 

१ मंसिर २०५३ साल, जतिबेला ब्यास गाउँपालिका–६ हुती स्थायी घर भएका धर्मानन्द बडु सीमा प्रहरी चौकी तिंकरमा कार्यरत थिए, यतिबेला नेपालका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल कालपानीको भ्रमणमा आएका थिए। त्यतिबेला उनी सभामुख थिए। 

छाङरुस्थित गागामा प्रहरी सई शेरसिंह कार्कीको नेतृत्वमा २३ प्रहरी खटिएको थियो। कालापानी भ्रमण हुने खबर सञ्चार अपरेटर किशोर कुँवरबाट कार्तिकको अन्तिम साता प्राप्त गरेपछि अन्य प्रहरी सुरक्षाकर्मीसँगै धर्मानन्द पनि ड्युटीमा खटिएका थिए। जिल्ला प्रहरी कार्यालयको आदेश थियो, सभामुख आउने भएकाले सीमानामा गएर दुरस्त हालतमा बस्नु। 

‘सभामुख आउने भएपछि हामीलाई लागेको थियो, सायद कालापानीको समस्या हल भइहाल्छ कि? हामी हस्याङफस्याँङ गर्दै १ मंसिरका दिन बिहानै ५ बजे उठेर एक हवल्दार बराबर ४ जना सिपाही युनिफर्मसहित स्थानीय प्रतिनिधिलाई बोकेर कालापानीतर्फ लागेका थियौं,’ धर्मानन्द भन्छन्, ‘हामी अघिल्लो दिन आलु उसिनेर महाकाली नदीको तिरैतीर ४ घण्टाको पैदल यात्रापछि कालापानी सीमाना पुगेका थियौं।’

यतिबेला भारतीय सेनाले नेपाल प्रहरी हतियारसहित युनिफर्ममा आएको कुरा थाहा नपाओस् भन्ने उदयेश्यले करिब ३०० सय मिटरको दुरी अगाडि उनीहरु एउटा ओडारमा बसेका थिए। 

‘माथि डाँडामा पुगिसकेपछि लोकेसन अवलोकनका लागि सईसाप शेरसिंह कार्कीले मलाई खटाउनुभयो,’ उनले भने, ‘म एक्लै अगाडि बढेर लोकेशन सर्च गर्दै थिए, पारी भारतीय सेनाको सेन्ट्रीले देखिहाल्यो। र, मलाई आफू भएतर्फ आउन इसारा गर्दै हात उठाएर संकेत गर्यो। म पनि हात उठाउँदै उ भएतर्फ लागेँ।’

यतिबेला भारतीय सेनाले आफूसँग केरकार गरेको उनलाई आज जस्तै लाग्छ। ‘को हौ तिमी ? यहाँ किन आएको?’ भारतीय सेनाले आफूलाई गरेको केरकारको विषयमा जानकारी दिँदै धर्मानन्द भन्छन्, ‘मैले आफू प्रहरी भएको र सभामुख यहाँ आउने कार्यक्रम भएको हुनाले ड्युटीमा खटिएको बताए।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनको कुरा सुनेपछि उति नै बेला भारतीय सेनाले आफ्नो सञ्चार सेटबाट हाकिमलाई हिन्दीमा सबै अवगत गरायो। 

एकछिनको भलाकुसारीपछि भित्रबाट आदेश आयो, ‘उसको अन्दर भेजो।’ 

नभन्दै अर्को सैनिक आएर उनलाई भित्र लगे। यतिबेला धर्मानन्दलाई लागेको रहेछ, आफू भारतीय सेनाको फन्दामा परेको त होइन। उनी भारतीय सेनाको नियन्त्रणमा रहेको कुरा टिमका अन्य साथीहरुलाई थाहा थिएन। 

‘भित्र क्यान्टिनमा लग्यो, जहाँ सुबेदार मेजर बसेका थिए। त्यही बेला पिथैरागढबाट उसको सञ्चार सेटमा खबर आयो–लखनउबाट डिआइजी आउँदैछन्। तपाईं तैनाथ भएर बस्नुहोला,’ धर्मानन्दले सञ्चार सेटमा सुनेको कुरा बताए। 

Xtrem

Xtrem

सुबेदार मेजरसँग कुरा भएको १५ मिनेटपछि एउटा हेली त्यहाँ आएर रोकियो। जसबाट एकजना मोटो–अग्लो मान्छे झरेँ। 

‘मलाई त्यतिबेला छोडिसकेका थिए। हामी माथि डाँडाबाट हेरिरहेका थियौं। हामी भएतर्फ हेर्दै त्यो डिआइजीले इसारा गरे। अन्य साथी कोही जान मानेनन्। मलाई नै जान भने,’ उनले घटनाको फेहरिस्त सुनाए, ‘डिआईजी दार्जीलिङ निवासी रहेछन्। उनले मलाई भने– अहिले तिमी जाउ, अबको १० मिनटमा तिम्रो सभामुख आउँदैछन्।’

भारतीय डिआईजीको कुरा सुनेपछि धर्मानन्द पुन: फर्किए। ‘नभन्दै एक्कै छिनमा रातो रङको नेपाली हेलिकोप्टर उडेर आयो, तर बस्न नसकेर फर्कियो,’ उनले भने, ‘पछि थाहा पाउँदा उनी छाङरुमा ओर्लेका रैछन्। हेलिकप्टर फेरि आयो र कालापानीको हेलिप्याडमा ल्याण्ड गर्‍यो।’

यी सबै घटना धर्मानन्दहरुले डाँडाबाट हेरिरहेका थिए। ‘सभामुख रामचन्द्रसहित नेपाल प्रहरीका अधिकारीलाई देखेपछि सबै कालापानी क्याम्प गयौं,’ उनले भने, ‘भारतका तिनै डिआईजीले सर्वप्रथम सभामुख रामचन्द्र पौडेललाई कालापानीस्थित मन्दिर परिक्रमा गराए। भित्र भजनकीर्तन चलिरहेको थियो। पुजारीबाट टिकाग्रहण गरेपछि सभामुखसहितको टोलीलाई सेनाले आफ्नो गेस्टहाउसमा लग्यो।’

कालापानीमा भारतीय सेनाको गेस्टहाउस अन्डरग्राउण्डमा बनेको छ। ‘टनेलभित्र आधा घण्टा कुराकानी गरेपछि सभामुख पौडेल बाहिर निस्किनु भयो,’ उनले भने। नेपाली हेलिकप्टरबाट झरेर कालापानीमा रहेको भारतीय सेनाको क्याम्पभित्र प्रवेश गरेका सभामुख पौडेल बाहिर निस्किएपछि केही नबोली फर्किए। 

सभामुख पौडेल भित्र प्रवेश गर्दा सुरक्षाकर्मी बाहिर बसेका थिए। ‘मलाई त्यो घटनापछि पहिलोपल्ट लाग्यो, केही हुनेवाला छैन,’ उनले भने। भारतीय सेनाले बनाएको छाउनीबाट बिदा लिँदै छाङरु फर्किएका सभामुखले स्थानीयसँग पनि कुराकानी गरेका थिए। 

त्यतिबेला स्थानीय प्रतिनिधि लगायत जितसिंह बोहराले भनेका थिए, ‘नेपालको सीमाना लिम्पियाधुरासम्म हो।’ यतिबेला सभामुख पौडेलले कुनै प्रतिक्रिया दिएनन्। मध्यान्न भइसकेकोले गर्दा उनले मसिनो स्वरमा भने, ‘ल ल ढिला भइसक्यो। अब जाउँ।’

सभामुख पौडेल काठमाडौं पुगेपछि यहाँका जनताले आशा गरेका थिए, उनले अब संसद्‌मा लिम्पियाधुराको मुद्दालाई उठाउन सहजीकरण गर्लान्। तर उनले संसदमा त टाढाको कुरा, पत्रपत्रिकामा पनि कुनै प्रतिक्रिया जनाएनन्। यसले यहाँका सबै जनताको मन दु:खेको थियो। तर अहिले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो देशको अभिन्न अंग भएको भन्दै चुच्चे नक्सा जारी गरिसकेको छ। अब यो नक्साको रक्षा गर्ने दायित्व तत्कालीन सभामुख रामचन्द्र पौडेलको काँधमा आइपुगेको छ। यतिबेला भारतबाट नेपाली भूभाग फिर्ता गर्ने अभियानमा उनको भूमिका सकारात्मक होला भन्ने यहाँका जनताले ठानेका छन्। तर, के त्यो सोचेजति सहज होला? 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी
सम्बन्धित सामग्री
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्