• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

घरजग्गा कारोबारमा राजस्व छल्ने काइदा– ९ करोडमा किनेको जग्गा एक महिनापछि ३३ करोडमा बिक्री

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १, २०८०  १७:०३
1140x725

काठमाडौं– घरजग्गा कारोबारमा कर छली हुने गरेको छ। ठूलो मात्रामा राजस्व छली गर्न कारोबारीले अनेक उपाय अपनाउने गरेको देखिएको छ।  तीमध्ये केही उपायको पहिचान गर्दै महालेखा परीक्षकको कार्यालयले कर असुल्न विभिन्न मालपोत कार्यालयलाई निर्देशन गरेको छ। 

राजस्व छली गर्ने क्रममा १ महिनाअघि जम्मा ९ करोड १८ लाखमा किनेको जग्गा अर्को महिना ३३ करोड ४ लाखमा बिक्री गरेको समेत देखिएको छ।

राजस्व छली १ 
भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारको रेकर्डअनुसार घरजग्गा व्यवसाय गर्ने एक कम्पनीले काठमाडौं महानगरपालिका-३१ को १ हजार १६७ वर्गमिटर जग्गा १ महिना अगाडि जम्मा ९ करोड १८ लाखमा बेचेको थियो। त्यही जग्गा फेरि अर्को महिनामा ३३ करोड ४ लाखमा बिक्री गरिएको देखिन्छ।

उक्त जग्गा २०७८ कात्तिक २३ मा आफ्नै एकल हिस्सेदारलाई रू ९ करोड १८ लाखमा बिक्री गरी १.५ प्रतिशत अग्रिम कर दाखिला गरिएको थियो। खरिदकर्ताले सोही जग्गा २०७८  मंसिर २८ मा अर्को एक कम्पनीलाई रू ३३ करोड ४ लाखमा बिक्री गरी खर्च कट्टी पछिको लाभमा ५ प्रतिशत पुँजीगत लाभकर दाखिला गरेको देखिएको महालेखाले जनाएको छ। 

पहिलो कारोबारको ३५ दिनमा पुनः कारोबार गर्दा दुई कारोबारबीच २३ करोड ८६ लाख रुपैयाँ कम राखेको देखिएको छ। कम्पनीले लाभमा लाग्ने २५ प्रतिशत कर ५ करोड ९७ लाख रुपैयाँ छल्न त्यसरी कारोबार गरेको देखिएको छ। जसलाई महालेखा परीक्षकको कार्याले सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट कर निर्धारण गराइ असुल गर्न थप छानबिन गर्नुपर्ने बताएको छ।

राजस्व छली २ 
भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारबाटै भएको अर्को कारोबारमा पनि त्यस्तै देखिएको छ। मालपोतमा रहेको रेकर्डअनुसार काठमाडौं महानगरपालिका- ११ को कित्ता नम्बर २२३ को ४५५ वर्गमिटर जग्गा २०७८ माघ २ मा एक कम्पनीले आफ्नै एकल सञ्चालकलाई १४ करोड ३१ लाख २१ हजारमा कारोबार गरेको थियो। जसको १.५ प्रतिशतले हुने अग्रिम कर दाखिला गरेको  देखिएको छ।

खरिदकर्ताले सोही कित्ता जग्गा अर्को एक कम्पनीलाई २३ करोड १९ लाख ८४ हजार रुपैयाँमा कारोबार गरेको पाइएको छ। उसले खर्च कट्टीपछिको लाभमा ५ प्रतिशत पुँजीगत लाभकर घोषणा गरी ४० लाख ४३ हजार दाखिला समेत गरेको छ। आयकरलाई कम गर्न सम्बद्ध व्यक्तिलाई न्यून थैलीमा बिक्री गरी कर नियोजन गरेको देखिएको छ। सुरु कारोबारमा मूल्य कम राखी  ३४ दिनपछि ८ करोड ८८ लाख ६३ हजार राखेकोले कम्पनीको लाभमा लाग्ने २५ प्रतिशत कर २ करोड २२ लाख १६ हजार छुट हुन गएको पाइएको हो। 

राजस्व छली ३
भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरको २०७८/७९ को न्यूनतम मूल्याङ्कन पुस्तिकाको द्रष्टव्य नम्बर ३ मा लिखत पारित गर्दा यथार्थ र वास्तविक लेनदेनको मूल्य खुलाउनुपर्ने व्यवस्था छ। तर कारोबार भने त्यसको विपरीत हुने गरेको पाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एक निजी कम्पनीले कटुन्जे ५ ग को अरनिको राजमार्गसँग जोडिएको १-१३-१-३ रोपनी क्षेत्रफल भएको आपसमा जोडिएका ५ कित्ता जग्गामध्ये राजमार्गतर्फको ०-१०-३-३ रोपनी क्षेत्रफल भएको ३ कित्ता जग्गा २०७ कात्तिक ११ मा ३ करोड २७ लाख ८६ हजार रुपैयाँमा एकल शेयरधनीका एकाघरका सदस्यसँग कारोबार गरेको छ। सोही जग्गा २०७८  कात्तिक १४ मा खरिदकर्ताले एक व्यक्तिलाई ८ करोड ५० लाख ३३ हजारमा कारोबार गरेकोमा ३ दिनको अन्तरालमा जग्गाको मूल्यमा ५ करोड २२ लाख ४७ हजार फरक परेको पाइएको छ। 

आयकर ऐनअनुसार कम्पनीले लाभमा २५ प्रतिशतसम्म आयकर तिर्नुपर्ने र व्यक्तिको हकमा ५ प्रतिशत लाभकर लाग्ने भएकोले कर नियोजन गर्न सम्बद्ध व्यक्तिलाई न्यून रकममा बिक्री गरेको छ। यसबाट कम मूल्य कायम गरेको २ करोड २२ लाख ४७ हजार रुपैयाँमा रजिष्ट्रेसन दस्तुर १७ लाख ६३ हजार र १.५ प्रतिशत अग्रिम कर ७ लाख ८४ हजारसमेत २५ लाख ४७ हजार रुपैयाँ राजस्व असुल गर्नुपर्ने देखिएको छ।

संस्थालाई मुनाफामा लाग्ने २५ प्रतिशत आयकरमध्ये लाभकरबाट असुल भएको ५ प्रतिशत घटाउँदा हुने २० प्रतिशत बराबरको आयकर १ करोड ४ लाख ४९ हजार हुने भएकोले मालपोत कार्यालय तथा आन्तरिक राजस्व कार्यालयबीच समन्वय गरी घटी भएको राजस्व असुल गर्न आवश्यक छानबिन गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ।

यसैगरी सोही जग्गामा अन्य गडबडी पनि देखिएको छ। उल्लिखित १-१३-१-३ रोपनी क्षेत्रफल भएको ५ कित्ता जग्गामध्ये बाँकी १-२-२-० रोपनी क्षेत्रफल भएको २ कित्ता जग्गा कम्पनीले सम्बद्ध व्यक्तिमार्फत् राजमार्गतर्फको जग्गा किन्ने व्यक्तिलाई  २०७८ कात्तिक १४ मा कच्ची बाटो सरहको मूल्याङ्कन राखी  १ करोड ७ लाख ६७ हजारमा सोझै कारोबार गरेको छ। राजमार्ग छेउको आपसमा जोडिएका जग्गामध्ये अग्रभागको जग्गा सम्बद्ध व्यक्तिमार्फत् र बाँकी जग्गा कम्पनीले एकै व्यक्तिलाई कारोबार गरेकोले कम्पनीले वास्तविक मूल्‍यभन्दा १२ करोड ५९ लाख ५६ हजार कम गरी रजिष्ट्रेसन शुल्कमा ४२ लाख ५१ हजार र अग्रिम कर १८ लाख ८९ हजारसमेत ६१ लाख ४० हजार रुपैयाँ राजस्व कम बुझाएको पाइएको महालेखाले जनाएको छ। उक्त कारोबार सम्बन्धमा छानबिन गरी छुट हुन गएको राजस्व असुल गर्न पनि निर्देशन गरिए छ।

राजस्व छली ४
भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरको रजिष्ट्रेसन लिखतअनुसार कृषिसम्बन्धी कारोबार गर्ने एक निजी कम्पनीले नँखेल ४ क को ५-६-२-० रोपनी जग्गा २०७८ माघ ५ मा आफ्नै एकल शेयर होल्डर र निजको एकाघरका १७ सदस्यको नाममा ३५ लाखमा बिक्री गरेको देखिन्छ। 
सोही जग्गा २०७८ चैत १६ मा उल्लिखित खरिदकर्ताहरूले अर्को एक कृषि फर्मलाई १ करोड ४० लाखमा कारोबार गरेको छ। स्थानीय तहको दुवै मितिको सिफारिसपत्रमा घर बाटोको अवस्था यथावत् रहेकोले कम्पनीले आफ्नै सम्बद्ध व्यक्तिसँगको कारोबारमा सामान्य बजार मूल्यअनुसार मूल्याङ्कन कायम नगरी कर नियोजन गरेको पाइएको हो। यसबाट कम मूल्य कायम गरेको १ करोड ५ लाखमा रजिष्ट्रेसन दस्तुर ५ लाख २५ हजार र १.५ प्रतिशत अग्रिम कर १ लाख ५७ हजार रुपैयाँसमेत ६ लाख ८२ हजार र संस्थालाई मुनाफामा लाग्ने २५ प्रतिशत आयकरमध्ये लाभकरबाट असुल भएको ५ प्रतिशत घटाउदा हुने २० प्रतिशत बरावरको आयकर २१ लाखसमेत  २७ लाख ८२ हजार राजस्व छली भएको महालेखाले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९... मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व मन्त्रालयले सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएको छ । दाहाल यसअघि बजेट महाशाखामा कार्यरत थिए । लुम्बिनी प्रदेशब... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्