फाइल तस्विर काठमाडौं– नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको छ।
फ्रान्सको फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूचीमा राखेको हो।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न खडा गरिएको एफएटीएफ अन्तरसरकारी निकाय हो। जसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ब्ल्याक तथा ग्रे लिस्टमा राख्ने गर्छ।
नेपाल ग्रे लिस्टमा पर्ने निश्चित देखिएकोबारे यसअघिदेखि नै नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले सङ्केत गर्दै आएका थिए। शुक्रबार यो लिस्टमा नेपाल परेको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताउनु भएका छन्।
फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताए।
पौडेलले भने, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो। पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ। एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं।’
जी-७ देशले बनाएको फाइनान्सिएल टाक्स फोर्सको ग्रे लिस्ट भनेको वित्तीय कारोबारको बढ्यो मोनिटरिङमा पर्नु हो। नेपालबाहेक फिलिपिन्स, साउफ अफ्रीका, भियतनाम आदि देश छन्। ग्रे सूचीमा पर्नुको अर्थ आतङ्कवाद , कालोबजारी, सम्पत्ति शुद्धीकरणलाई नियन्त्रण गर्ने बलियो राज्य सम्यन्त्र नहुनु हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।