काठमाडौँ – अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ । उनका बुबा आनन्दकुमार रायमाझीको ७८ बर्षको उमेरमा गएराति कीर्तिपुर अस्पतालमा निधन भएको हो ।
उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाडौँ आइपुगेका थिए । दिलीपका बुबाको पार्थिव शरीरलाई आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।