• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

देउडा: अभिव्यक्तिको बहुआयामिक माध्यम

64x64
नेपाल लाइभ बिहीबार, चैत ३०, २०७९  २१:३७
1140x725

कोही बेच्दा गण्डकी घाट, कोही बेच्दानछन् कोशी
देश बनाउने नेता भन्या, क्यान हुन्छन् दोषी।।

बिहीबार देउडा लोकसाहित्यमाथि चर्चा गरिएको एक कार्यक्रममा पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलले देउडा र राजनीतिको सम्बन्ध जोड्दै भाका सुनाए। एमाले नेता रावलले राजनीति र नेतामाथि व्यङ्य गरिएको देउडा गीतको भाका र अर्थ जोड्दै संस्कृति मान्छेको जीवन भएको बताए।

‘सस्कृतिमा देश बोल्छ, समाज बाँच्छ, जीवन चल्छ,’ देउडा लोकसाहित्यको चर्चा गर्दै रावलले भने, ‘यदी समाज देश कमजोर बनाउनुछ भने उसको संस्कृतिमाथि प्रहार गरिन्छ। त्यस कारण देउडा कर्णाली र सुदूरपश्चिमको जीवन भएकाले यसलाई बचाइराख्नुपर्छ।’

’देउडा लोकसाहित्य : विमर्श गोष्ठी शीर्षक’ नाम दिएर २०८९ सालको अन्तिम दिन ३० चैतमा काठमाडौंमा देउडामाथि प्राज्ञिक छलफल भयो। देउडा सुनाउँदै सुदूरपश्चिम र कर्णालीका केही नेता, प्राज्ञ, देउडाका सर्जक, गायकले देउडाको बहुआयामिक विषयमा चर्चा गरे।

मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा भाषा र लवजमा देउडा गीत सुसेल्दै देउडाका सामाजिक, सांस्कृतिक, राजनीतिक पाटोमाथि चर्चा गर्दा सहभागी रमाएका थिए। 

वरिष्ठ लोक गायक नन्दकृष्ण जोशीले लेखन, अभिव्यक्ति र खेलको संयोजन रहेको देउडा गीत उत्कृष्ट सिर्जनाका रुपमा रहेको बताए।  ‘देउडा यस्तो सिर्जना हो, जुन लेख्दा साहित्य, बोल्दा गीत र खेल्दा नाच हुन्छ। यी तिनै कुराको संयोजन भएको साहित्यिक वैभव संसारमै छैन’, उनले भने।

पश्चिम नेपालमा कला संस्कृतिको इतिहास हेर्ने हो भने देउडा गीत पहिलो स्थानमा रहेको छ। माया, रोदन, आँसु, बेदना र दुःख पोख्ने देउडा गीतको विगत र वर्तमान, देउडा गीतका प्रकार, देउडाको इतिहासका विषयमा गोष्ठीमा छलफल भएको थियो।

गोष्ठीमा ‘सामाजिक रुपान्त्रणमा देउडा र मानशास्त्रीय, समाजशास्त्रीय दृष्टिकोणमा देउडा’ विषयमा दुईवटा कार्यपत्र पेस गरिएका थिए। समाजिक रुपान्त्रणमा देउडा विषयको कार्यपत्र पेस गर्दै प्रा डा बर्दी शर्मा बिनाडीले सामाजिक रुपान्तरणका लागि देउडाले महत्वपूर्ण भूमिका खेलेको केही उदाहरण पेस गरेका थिए।

जाडिले मरेइन हो कि ओराडको कोडी 
आइजा सुवा माया भया लुवा साङ्ला तोडी।।

यो गीतले तत्कालीन अवस्थामा कुष्ठरोगीमाथि गरेको विभेद र तत्कालीन समाजको चेतना, व्यवहार र कारुणिक यथार्थतालाई संकेत गरेको देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

क्या भनी बहुदल आयो क्या भनि गणतन्त्र 
राजनीतिक दलका नेता भैग्या परतन्त्र।। 

यो गीतका माध्यमबाट दलहरुले विदेशीको इसारामा काम गरिरहेका जनधारणा समेटी तिनका कार्यशैलीप्रति आफ्ना असहमति र असन्तुष्टि पोखिएको छ। डा बिनाडीले देउडा समाजिक विभेद, महिलाका सवाल, राजनीतिसहित समाजका सबै विषयसँग गाँसिएको बताए।

‘सामाजिक रुपान्तरणमा देउडा’ कार्यपत्र पेस गर्दै प्रा डा पदम कोलौनीले समाजमा देखिएका असन्तुष्टि, परिवर्तनका चाहना गीतमा व्यक्त गरिएका केही उदाहरण पेस गरेका थिए।

लेखाजोखा केही हुँदैन, पसिना सीपको
गरिबका दिन छैनन, कहिले होला निको 

संविधानले रोजगारीको ग्यारेन्टी गरे पनि, कानुन निर्माण भए पनि काम नपाएको र काम पाए पनि सीप अनुसारको ज्याला नपाएको विषय गीतमार्फत् व्यक्त गरिने भावना पनि कार्यपत्रमा समेटिएको थियो।

दुईवटा कार्यपत्र पेस भएपछि देउडामय संवाद सुरु भयो। संवादका वक्ता थिए सांसद दयाल बहादुर शाही, प्राडा जिबेन्द्र देव गिरी, प्राज्ञ तथा गायक यज्ञराज उपाध्याय, प्रा दिब्बेश्वरी जोशी। त्यसलाई सहजीकरण गरेका थिए पत्रकार गोविन्द खड्काले। देउडाको बहुआयामिक पाटो शीर्षक देउडाको उत्खनन्, त्यसको इतिहास, समाज र राजनीतिमा देउडा विषयमा छलफल भएको थियो।

सांसद दयालबहादुर शाहीले राजनीतिक परिवर्तन र राजनीतिमाथि व्यङ्ग्य प्रशार गर्नेमा सबैभन्दा चोटिलो साहित्य देउडा भएको दाबी गरे।

कोइ कोइ गया मालाखेती, कोइ गया धनगढी
भीमदक्त मर्नाले होकि, ठालूको मनपरी
कित थातथलो छोड कि हलोजोत।।

यो गीत सहिद भीमदत्त मारिएपछि जन्मिएको उदाहरण पेस गर्दै सांसद शाहीले समय अनुसार देउडा साहित्य त्यही तरिकाले जन्मिने गरेको बताए। यज्ञराज उपाध्यायले छलफललाई देउडा मय बनाउँदै न्याउला खेलबाटै देउडा जन्मिएको प्रष्ट पारे।

अहिले त देउडा भाषाको गीत भनेर सञ्चारमाध्यमबाट प्रसारण/प्रकाशन हुन थाले तर, देउडा र न्याउल्या फरक भएको उनले बताए। देउडा ‘देवता’ शब्दबाट आएको र  ‘देवता’ देवडा हुँदै देउडा हुन गएको उनको तर्क थियो।

प्राडा जिबेन्द्रदेव गिरीले देउडा लोकसाहित्यको सबैभन्दा पुरानो साहित्य भएको बताए। लोकले आफैं राखेका नाम देउडालाई अब बदल्न नसकिने तर चिन्तन र वस्तुगत धारबाट यसको नामकरण गर्नुपर्ने राय राखे।

प्रा दिब्बेश्वरी जोशीले देउडा मध्य तथा सुदूरपश्चिमका महिलाको कठिन जीवनशैलीको प्रतिबिम्ब भएको बताइन्। उनले देउडाको इतिहासमा भाकाको प्रयोजन विरह पोख्नु मात्रै नभई विरोध गर्नु पनि रहेको बताइन्।

कार्यक्रम देउडाको बहुआयामिक पाटोका विषयमा अनुसन्धान गर्न नेपाल आएका युनिभरर्सिटी अफ क्रिएटिभ आर्ट युकेका प्राध्यापक डा साइमन डान्सीको पनि सहभागिता थियो। अन्तर्राष्ट्रियस्तरमा साहित्यको खोज अनुसन्धान गर्दै आएका प्राध्यापक डा साइमोनले भाषा संस्कृतिले समाजलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यसको अध्ययनका लागि आफू उत्साहित रहेको बताए।

मध्य तथा सुदूरपश्चिममा प्रायः सबैको जिब्रोमा देउडा गीत झुन्डिएर रहेको हुन्छ। मानसखण्ड अन्तर्गतमा (बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, मुगु, जुम्ला, दैलख, कालिकोट, जुम्ला) खस राज्यको उत्पत्तिसँगै देउडा गीतको उत्पत्ति भएको मानिन्छ। देउडा लोकप्रिय, कर्णप्रिय, लयात्मक र गेयात्मक अभिव्यक्ति हो। स्थानीय जनताले खस राजालाई आफ्ना दुख, पिडा, वेदना लयात्मक रुपमा पोख्दा पोख्दै देउडा जन्मिएको मानिन्छ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  २१:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्