• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सायद अब फेरि कहिल्यै भेट हुँदैन...

64x64
नेपाल लाइभ बुधबार, भदौ ६, २०७५  ००:५९
1140x725

एजेन्सी- चाउरिएका गाला। फुलिसकेका छोटो कपाल। उमेरले एक शताब्दी पुग्न आठ वर्ष मात्र बाँकी छ तैपनि खुसीले अनुहारको चमक कतै छिपेको छैन। तर लामो समयसम्मका लागि आएको खुसी होइन यो। मात्र ६ दिनका लागि। अगस्ट २० देखि २६ सम्म उनी परिवारका सदस्यसँग भेट गर्न पाउनेछिन्। यसपछि भने फेरि उनले दक्षिण कोरिया नै जानुपर्नेछ। त्यसपछि उनको यो चम्किलो अनुहारको खुसी टिकिरहला?

९२ वर्षीया ली केउम सिओम दक्षिण कोरियाली नागरिक हुन्। उनमा खुसीको सीमा भेटिन्न। ६८ वर्षदेखिको एउटै मात्र मनोकामना पूरा भएकाले पनि उनलाई औधी खुसी बनाएको हो। पारिवारिक पुनर्मिलनका लागि उनी उत्तर कोरिया पुगिन् र छोरासँग भेट गरिन्। ७१ वर्षीय उनका छोरा साङ चोलचाहिँ उत्तर कोरियामा छन्। उनीहरुबीच भएको यो पहिलो भेट हो।   

जब उनको उमेर २४ वर्षको थियो एउटा बज्रपात पर्यो। दुई कोरियाबीच युद्ध भयो। हज्जारौं मानिस विस्थापित हुन पुगे। परिवारका साथ विस्थापित हुनसमेत पाइनन् उनले। यतिसम्म कि, दिनमा पटक–पटक छातीमा टासेर दूध नचुसाई मातृत्व शान्ति नहुने बेलामा ४ वर्षे दूधेबालकलाई पनि साथमा लिएर जान सकिनन्। आमालाई दूधे छोराको माया कति होला! उनले त्यो समय कसरी गुजारिन्? यसको व्यथा भनिसाध्य छैन।

‘हुलमुलमा जिउ जोगाउनु’ भन्ने उखान आमा र सन्तानका बीच लागू हुँदैन। सन्तान आमा छोडेर जान सक्ला तर आमाका लागि यो असम्भव जस्तै हो। आफ्नो ज्यान जोगाउन उनले भागेर अन्यत्रै जानैपर्ने भयो। विस्थापित नै हुनुपरे पनि परिवारसँगै विस्थापित भइएला भन्ने लागेको लागेको हुन सक्थ्यो तर त्यस्तो भएन नियति। तर युद्धका आँखा हुँदैनन्, मातृत्व बुझ्दैन युद्धले। उनी आफूमात्र भाग्न सकिन्, छोरा कहाँ पुग्यो उनलाई पत्तो भएन। 

सन् १९५० देखि सुरु भएको दुई कोरियाबीचको युद्धमा हज्जारौँ उत्तर कोरियाका मानिस भागेर दक्षिण कोरिया पुगे। परिवारका सदस्य को कता पुगे, कसैलाई पत्तो भएन। तर सन् १९५३ मा युद्ध त सकियो तर उनीहरु आफ्नो परिवार भेट्न अतृप्त चाहना भने पूरा हुन सकेको थिएन। 

युद्धताका भागेर दक्षिण कोरिया पुगेको पुस्ता अहिले निकै बूढो भइसकेको छ। सामान्य हिँडडुल गर्न पनि धेरैलाई अब साथी चाहिन थालेको छ। हातले समात्नुपर्ने अर्को खुट्टाले धेरैलाई साथ दिनुपरेको छ। धेरैलाई लागेको छ, अब जीवन निर्जीव बन्ने समय पनि नजिकिएको छ, अब कहिल्यै छुट्टिएको परिवारसँग भेट हुँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

सोमबार उनको छोरासँग ६८ वर्षपछि पहिलोपटक भेट भयो। एक आपसमा चिन्ने अवस्था थिएन। तर कर्मचारीले सहयोग गरे। केही क्षण आफूले आफैलाई विश्वास दिलाउन पनि सकेनन्। सियोम ६८ वर्ष पहिलेकै समयमा फर्किइन्। तर फरक यत्ति थियो त्यसबेला उनी छोरालाई आफ्नो छातीमै टाँसेर जहाँ पनि सजिलै जान सक्थिन्, आज त्यही छोराको अँगालोमा बाँधिन पुगिन्।

युद्ध भएको तीन वर्षपछि युद्धविराम भयो। देश छोडेका नागरिकका परिवारका सदस्यको पुनर्मिलन गराउन प्रयास हुन थाले। र सम्भव भयो उनीहरुको मिलन। 

पारिवारिक पुनर्मिलनका लागि ८९ जनाको टोली उत्तर कोरिया पुगेको हो। टोलीमा सहभागी सबैको उमेर ९० वर्षभन्दा बढी छ। टोलीमा सहभागी एक जना सदस्यको उमेर १०१ वर्ष पुगिसकको छ। उनी सबैभन्दा ज्येष्ठ सदस्य हुन्। 

दक्षिण कोरियाली सरकारले छनोट गरेको भाग्यशाली ८९ जनाले यस पटक पारिवारिक पुनर्मिलनका लागि अवसर पाएका हुन्।

विस्थापित भएर दक्षिण कोरिया पुगेको ५७ हजारभन्दा बढी नागरिकले उत्तर कोरियामा रहेका परिवारसँग भेट गर्ने आवेदन दिएका थिए। यसमध्ये उनीहरुलाई भाग्यशालीका रुपमा छनोट गरिएको हो। बढी उमेर समूहका मानिसलाई पुनर्मिलनका लागि प्राथमिकतामा राखिएको थियो। 

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच गत अप्रिल महिनामा भएको भेटवार्तामा पारिवारिक पुनर्मिलन गर्ने सम्झौता भएको थियो। सन् २०१५ पछि भएको पुनर्मिलनको यो पहिलो कार्यक्रम हो।

घाउ लाग्छ, निको पनि हुन्छ, तर खतले जीवनभर साथ छोड्दैन। समय क्रमसँगै आउने तितामिठा अनुभवबाट हुने प्रत्यक्ष पिराई त सकिएला तर ती अनुभवको असर छोटो हुँदैन। युद्ध आफैमा विभत्स र कारुणिक मनोभावनाको स्रोत त हुँदै हो। तैपनि निश्चित समयपछि युद्ध रोकिएला तर यसका डोब र घाउको दुखाइ एक पुस्ताले मात्र पनि खेप्नुपर्दैन। पुस्तौँपुस्तालाई असर गर्छ भन्ने कुरा वैज्ञानिक प्रमाणले समेत उल्लेख गरिसकेको छ। जब युद्ध हुन्छ, युद्ध रोकिए पनि युद्ध खेपेको पुस्ता विभत्स वेदनाबाट मुक्त हुन कहिल्यै सक्दैन, चाहेर पनि बिर्सन सक्दैन। दिन बित्दै गए घाउ निको हुन्छ तर मानसपटलमा परेको गहिरो चोटको दागले पिरोल्दै लैजान्छ। त्यही चोटले उसलाई निर्जीव बनाइदिन्छ र अर्को पुस्तामा चोट सारिदिन्छ।

सोमबार औधी खुसी देखिएकी उनलाई अर्को वेदनाले छोडेको चाँहि छैन। ६८ वर्षसम्मको मातृत्व प्रदान गर्न ६ दिन थोरै लाग्न थालेको छ उनलाई। अब बाँकी जीवनभरको पनि मातृत्व दिनुछ उनलाई। जीवनभरको लागि छोराको निकटता लिनु पनि छ। 

यही कुराले पिरोल्छ उनलाई, ‘अब फेरि कहिल्यै भेट हुँदैन।'

प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  ००:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति?
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
प्रतिनिधिसभाको बैठक बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्