काठमाडौं– विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच वार्ता सुरु भएको छ। रत्नपार्कस्थित शान्तिबाटिकामा दुई पक्षबीच वार्ता सुरु भएको हो।
विभिन्न ६ बुँदे माग राख्दै काठमाडौंसम्म आइपुगेर मिटरब्याज पीडितहरुले आन्दोलन गरिहरेका छन्। आन्दालेनमा उत्रिएपछि गृह मन्त्रालयले वार्ता गर्न भन्दै समिति बनाएको थियो।
गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा सहसचिव जितेन्द्र बस्नेत, उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन्।
अहिले यो टोलीले वार्ता गरिरहेको छ। उनीहरुले मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने माग उनीहरुको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।