काठमाडौं– केही दिनअघि मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको नेकपा एमाले कर्णाली प्रदेशको सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी ३ जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो।
कर्णाली सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल थिए। उनीहरुले मुख्यमन्त्री शर्मालाई भेटेर आइतबार राजीनामा बुझाएका हुन्।
पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। राप्रपाले सर्मथन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले केही दिनअघि विश्वासको मत लिएका थिए।
उक्त क्रममा विपक्षमा २ मत मात्र परेको थियो। संघमा पुस १० गते एमालेसहितको नयाँ गठबन्धन बनेपछि प्रदेशमा समीकरण फेरिएको थियो। तर प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेपछि एमाले संघदेखि प्रदेशसम्म प्रतिक्ष बन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।