काठमाडौं– नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ३५ वर्षसम्म अध्यापन गराउँदै आएका शिक्षक उदयराज यादव दोषी ठहर भएका छन्।
सहिद स्मारक माध्यमिक विद्यालय कम्दी–७ पदमपुर, बाँकेमा प्राथमिक तहमा स्थायी भएका प्रावि द्वितीय श्रेणीका शिक्षक उदयराज यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो।
अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले यादवलाई दोषी ठहर गरेको हो। दोषी ठहर भएका यादवलाई सजाय निर्धारण गर्न भने बाँकी रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै २०७६ मा३ १० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले अनुसन्धान गर्दा उनको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश बोर्ड अफ हाईस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन यूपी भारतको हाईस्कुल उत्तीर्ण प्रमाणपत्र नै झुठ्ठा रहेको खुलेको थियो।
उक्त नक्कली प्रमाणपत्र पेश गरी यादवले २०४१ कात्तिक २६ गते शिक्षकको रुपमा सेवा प्रवेश गरी अध्यापन गराएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।