काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा २८.३१ अङ्कले गिरावट आएको छ। करिब १ अर्ब १५ करोड ९४ लाख माथीको कारोबार हुँदा पनि बजार भने राताम्मे बनेको छ।
आइतबारको कारोबार सकिँदासम्म सेयर बजारमा उक्त अङ्कले गिरावट आएर नेप्से १८३८ मा समेटिएको छ।
आइतबार २०१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १५ वटा कम्पनीको मूल्यमा भने वृद्धि भएको छ। धेरै कमाउनेमा कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड, सानीमा ग्रोथ, ग्लोबल आएमई लघुवित्त रहेका छन्।
यस्तै, धेरै गुमाउने उपसमूहमा जीवन बीमा रहेको छ। यसमा १७९ अङ्कले गिरावट आएको छ। त्यस्तै, नर्जीवन कम्पनी उपसमूहको १५३ अङ्कले, विकास बैंकको ६१ अङ्कले, लघुवित्तको ४४ अङ्कले, विद्युत उपसमूहको ५७ अङ्कले गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।