फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नभइकन केही पनि नहुने बताएका छन्।
आइतबार धादिङमा आयोजित मिसन ग्रासरुटको अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमालेको सरकार नभइकन केही पनि हुन सक्दैन। जस्तो विकासको गति अघि बढेको थियो। ३ वर्षको अवधीमा भूइँचालोले भत्काएका घरहरु हामीले पूनर्निर्माण गरेर ७ लाख भन्दाबढी घरहरु पीडितहरुलाई हस्तान्तरण गर्यौं।’
अहिलेसम्म कुनै सरकारले ७ लाख घर बनाएर जनतालाई दिएको छ? भन्दै ओलीले प्रश्न गरे। १२ वर्षमा आँधी हुरीले ८६९ घर उठाएको स्मरण गर्दै आफूले केही महिना भित्र घर बनाएर पीडितहरुलाई हस्तान्तरण गरेको ओलीले दाबी गरे।
अध्यक्ष ओलीले फुसका छाना हटाएर टिनको छाना लगाउने, आगलागी रोक्ने काम गरेको दाबी पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।