काठमाडौं– इँटा भट्टाका लागि खनेको खाल्डोमा जमेको पानीमा डुबेर ललितपुरका एक बालकको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका–२२ बुङ्मती दक्षिणकालीस्थित इँटाभट्टाको पानी पोखरीमा डुबेर सोही ठाउँ बस्ने बारा घर भएका सुरेश गोलेका तीन वर्षीय छोरा सुरज गोलेको शनिबार दिउँसो मृत्यु भएको हो।
खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।