काठमाडौं- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले सचिव लेखराज भट्टसँग भेट गरेका छन्।
आइतबार सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन गएको अवसरमा धनगढी गेटास्थित प्रचण्ड भट्टको घरमा पसेका थिए।
भट्टसँग देशको स्थितिको विषयमा सामान्य र राजनीतिक कुराकानी भएको बताए। उनले खासै अजेन्डाको रुपमा छलफल नभएको पनि बताए।
प्रचण्डले भट्टको घरलाई आफ्नो पनि घर भएको बताएका थिए। 'यहाँ मेरो एउटा कोठा छ सधैँ आएर बस्ने। मेरो झन्डै चालीस वर्षदेखिको सम्बन्ध हो यो घरसँग', उनले भने।
उनीहरु लामो समयदेखि निकट र एउटै पार्टीमा थिए। तर, तत्कालीन नेकपाको विभाजनपछि भट्ट एमालेमै बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।