बुटवल– प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनबाट श्यामलाल पोख्रेल अध्यक्षमा निर्वाचित भएका छन्। बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले पोख्रेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।
त्यस्तै महासचिवमा प्रकाश थापा मगर र विनोद पौडेल, उपाध्यक्षमा ताराप्रसाद शर्मा, सचिवमा गोपालप्रसाद भट्टराई र प्रज्ववल पहाडी, कोषाध्यक्षमा महेश रिजाल निर्वाचित भएका छन्।
त्यसैगरी सचिवालय सदस्यमा नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोख्रेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार निर्वाचित भएका छन्।
वैकल्पिक केन्द्रीय सदस्यमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी, कुलदीप न्यौपाने निर्विरोध निर्वाचित हुँदा चार स्थान रिक्त राखिएको छ। त्यसैगरी सल्लाहकारमा रामनारायण सुवेदी, सुमन अधिकारी, डबल बोगटी, बैरागी जेठा, शशी सापकोटा, इश्वरी भण्डारी, भाषा शर्मा, किरण आचार्य रहेका छन्। सम्मेलन शुक्रबार बिहानदेखि सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।