काठमाडौं– सभामुख देवराज घिमिरेले शीर्ष दलका नेताहरुबीच कुराकानी नभइरहेको अवस्थालाई मध्यनजर गरेर बैठक बोलाइएको बताएका छन्।
शनिबार सिंहदरबारस्थित कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठक पछिल्लो समय तीन राजनीतिक दलका नेताहरुबीचमा सामूहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई मध्यनजर गरी बोलाइएको बताएका हुन्।
उनले नेताहरुको बीचमा पछिल्लो समय कुनै सामूहिक विषयमा कुरकानी हुन नसकेको र आज सामान्य कुराकानी गराउने प्रयास भएको बताए।
उनले भने, ‘सहमति र विमतिभन्दा पनि नेताहरुको बीचमा आपसमा बसेर सामूहिक विषयमा कुराकानी भएको थिएन, सामान्य कुराकानी गराउन पहल भएको छ, सामान्य कुराकानी भएको छ।’ सभामुख घिमिरेले नेताहरुबीच सामूहिक विषयमा छलफल भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।