तस्बिर : प्रदीपराज वन्त
काठमाडौं– सभामुख देवराज घिमिरेको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेट भएको छ।
शनिबार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँगै प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको हो।
उनीहरुबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ। अन्य के–के विषयमा कुराकानी भयो भन्ने कुरा खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।