काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी त्याग गरेको बताएका हुन्। पार्टी परित्यागका क्रममा उनले आफ्नो वक्तव्य पनि सार्वजनिक गरेका छन्।
‘भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो’ भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। उनले चैत २५ गतेदेखि एसको साधारण सदस्य समेत तथा सम्पूर्ण पार्टी जिम्मेवारी त्यागेको घोषणा गरेको हुन्।
राष्ट्र राष्ट्रियताको पक्षमा वकालत गरी एक्काइसौं शताब्दीको समाजवादी वैज्ञानिक कम्युनिस्ट पार्टीको परिकल्पनामा आफूले नेकपा एकीकृत समाजवादी पार्टीको जिम्मेवारी लिएको उनको भनाइ छ।
‘सो समयमा सत्ता गठबन्धनको सिमसार दलदलमा, पार्टी पद्धति र पक्रिया विपरीत दलमा नेताहरु फसे र पार्टीका बेठकमा छलफल, सरसल्लाह नगरी कोठे राजनीतिको चंगुलमा पार्टी नेतृत्व फस्यो', उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।