काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले सिंहदरबारभित्रको फोहोर नउठाउने घोषणा गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यसको जानकारी दिएका छन्।
'आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ', बालेनले लेखेका छन्।
काठमाडौं उपत्यकाको फोहोर सिसडोल र बञ्चरेडाँडा लिएर व्यवस्थापन गर्ने गरिएको छ। तर, फोहोर व्यवस्थापनमा पटक पटक अवरोध हुँदै आएको छ।
गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर निर्वाचित भएका बालेनले राजनीतिक दलहरूबाट असहयोग हुने गरेको पटक पटक उल्लेख गर्दै आएका छन्।
उनले केही समय पहिले आफूलाई राजीनामा गर्न बाध्य पारिरहेको आशय सार्वजनिक गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।