काठमाडौं– नेपाली कांग्रेसका सांसद डा शेखर कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा स्वर्णिम वाग्लेप्रति इंगित गर्दै यस्तो कटाक्ष गरेका हुन्।
उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरू सावधान हुनुपर्ने बताए।
‘सावधान है एउटा कुरा। अवसरवादीहरूबाट जोगिनुहोला। अवसरवादीहरूबाट सावधान हुनुहोस्। म त सावधान भइसकेँ। तपाईंहरू पनि सावधान हुनुस्, मैले भन्ने यति हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।