काठमाडौं– प्रतिनिधि सभा सदस्य सरिता भुसालले पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको केही भूभाग गुगल म्यापले भारतमा देखाएको भन्दै आपत्ति जनाएकी छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भुसालले पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ को मर्चहवा, श्रीनगर, बालुबाट टोलका केही भूभाग र वडा नम्बर ४ को गोकुल नगर, श्रीरामपुर, जर्लैया, बेलटाँडी र थारु टोलका साथै प्रतापुर गाउँपालिकाको वडा नम्बर ८ को बालुवा टोल र फट्की टोलको केही भूभाग गुगल म्याममा भारतमा देखिएको सदनलाई जानकारी गराएकी छन्।
नेपालको भूभाग भारतमा देखिँदा किसान र व्यवसायीहरूले वित्तिय संस्था एवं बैंकबाट ऋण प्राप्त गर्न नसकेको उनको भनाइ छ। सांसद भुसालले यस्तो समस्या तत्काल सच्याउँदै त्यहाँका जनताको स्तरोन्नति गरिदिन सरकारको ध्यानाकर्षण गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।