काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उद्यमशिलता पहिचानको योजना किन न्यूनतम साझा कार्यक्रमबाट हटाइयो भनी प्रश्न गरेकी छन्।
सत्ता गठबन्धनले बिहीबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा विगतमा समेटिएका विषय र अहिले किन हटाइयो भन्दै सांसद श्रेष्ठले प्रश्न गरिन्।
उद्यम कोरेल्ने क्षेत्र पहिचान गर्ने भनि अघिल्लो पटक योजना ल्याएको तर, अहिले काटिएको भन्दै उनले त्यसमा ध्यानाकर्षण गराइन्।
‘अर्को प्रेम आचार्यले आत्महत्या नगरोस् भनेर के गरिँदैछ’, प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले भनिन्, ‘उद्यमशिलताको विकासका लागि न्यूनतम साझा कार्यक्रममा राखिएको थियो। तर, यसलाई किन हटाइयो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।