गुल्मी- आगलागी परी गुल्मीमा एक जना वृद्धको मृत्यु भएको छ। गएराति घरमा आगलागी हुँदा जिल्लाको मदाने गाउँपालिका–६, देउराली निवासी ८३ वर्षीय ज्ञानबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए।
राति करिब १० बजे एक्कासि उनको घरमा अगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट ढुंगा-माटोले बनेको घर जलेको छ।
घरमा लागेको आगो नियन्त्रणका लागि प्रहरी निरीक्षकसहितको १४ जनाको टोली घटनास्थल गएको थियो। मृतक जिसी घरमा एक्लै बस्दै आएको प्रहरी निरीक्षक घिमिरेले बताए।
जिसीका २ छोरा रोजगारीको सिलसिलामा बाहिर छन्। मृतकको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।