मन्थली– रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ को कौछिनी (मगरगाउँ) नजिक भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखन भएको छ।
रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नम्बरको बोलेरो सडकबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु हुनेमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेका छन्।
दुर्घटनामा परी घाइते हुने ११ मध्ये चालकसहित दुईको अवस्था गम्भीर रहेको र उनीहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बोलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।